ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले ट्वीटमा भनेका छन्, ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।’

निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds