‘वाइवाइ’ ले गर्‍यो कीर्तिपुर क्रिकेट रंगशालाको सरसफाइ

काठमाडाैं । आइसिसी लिग टू अन्तर्गतको बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ।

मैदानभित्र र बाहिर गरेर हजारौं दर्शकको उपस्थिति थियो। रोमान्चक खेलमा नेपालको उत्पादन वाइवाइ तयारी चाउचाउ धेरै खपत भएको सिजी फुड्सले जनाएको छ।

खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोतल लगायत अन्य फोहोर वाइवाइले शुक्रबार सफा गरेको छ।

‘बनौं आदर्श नागरिक’ भन्ने युक्तिका साथ लामो समयदेखि सामाजिक क्रियाकलापहरू गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाइ गरी आफ्नो सामाजिक दायित्व निर्वाह गरेको बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस