काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरूको लागि आकर्षक डेटा र भ्वाइस सेवाको बन्डलसहित नयाँ प्रिपेड स्टार्टर प्याकको घोषणा गरेको छ।
यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ शुक्रबारदेखि सञ्चालनमा आउँदैछ। इच्छुक ग्राहकहरूले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पिओएस)बाट मज्जाको प्लान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकले यो स्टार्टर प्याक कर सहित पाँच सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्। यस प्याकअन्तर्गत ग्राहकले २० जिबी डेटा र १५० मिनेट लोकल टक-टाइम प्राप्त गर्न सक्नेछन्। प्राप्त डेटा र टक-टाइम सिम सञ्चालनमा आएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ।
यसका साथै यो प्लान लिने गर्ने ग्राहकहरूले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँको रिचार्जमा ५ प्रतिशत बोनस क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने पाँच सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै, प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरू जस्तै एसएमएस र युएसएसडीबाट सुरू गर्न सक्छन्।
ग्राहकहरूको लागि एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ। ग्राहकहरूको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै सार्वजनिक गरिएको यो नयाँ प्लानले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने कम्पनीले विश्वास राखेको छ ।
प्रतिकृया दिनुहॊस