एनएमबी बैंकद्वारा १६ राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडाैं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएकाले उनीहरुको मनोबल उच्च कायम राखिराख्न प्रोत्साहनस्वरुप पुरस्कार दिएको बताए। ‘खेलाडी र खेलकुदजगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ’, उनले भने।

२०१९ देखि सुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेको नेपालले आजको फाइनल म्याच पनि जितेको छ। आज जित हात पार्दै नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भएको हो। योसँगै नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ।

यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ। सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृतले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस