महालक्ष्मी विकास बैंक लिमिटेडको तीन शाखा कार्यालयद्वारा सहयोग हस्तान्तरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेका छन् । जसअनुसार बैंकको दिपायलस्थित पिपल्ला शाखाले सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेको छ । विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो ।

त्यसैगरि मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरि सवारी साधन पार्किङ्ग गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको हो ।

यस्तै बैंकको पुतलिसडक शाखाले काठमाडौं महानगरपालिका वडा नं २८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेको छ । इच्छुमती खोला किनार स्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरुलाई विश्राम गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको हो

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस