नयाँ स्वरूपमा ‘टिकुली ट्याक’

काठमाडौं । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ ।

५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंले स्वर दिनुभएको छ । कलाकार दीपक आचार्य (काकु)ले निर्देशन तथा निर्माण गरेको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गर्नुभएको छ ।

भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायांकन गरेका छन् । संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्यले जानकारी दिनुभयो ।

सयबढी गीत गाउनुभएका राईले ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको जानकारी दिनुभयो । भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपाललाई प्रदान गरिनेसमेत कार्यक्रमका निर्देशक आचार्यले बताउनुभयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस