नबिल सक्षम कर्जा योजना

काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्ने लगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल सक्षम कर्जा’ योजना ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेका लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी नयाँ योजना ल्याएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्ने भएको हो । बैंकबाट ऋण लिएर व्यापार तथा उद्यम सञ्चालन गर्ने नवप्रवर्तन तथा उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका लगानीकर्तालाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख निरजकुमार बस्नेतले बताउनुभएको छ ।

बस्नेतका अनुसार योजनामा कुल सम्पत्तिको ८० प्रतिशतसम्म बैंकले कर्जा दिनेछ । हालसम्म दुई सयभन्दा बढीले नबिल सक्षम कर्जामार्फत् कर्जा लिइसकेका छन् । नबिल सक्षम कर्जा कार्यक्रमअन्तर्गत न्यूनतम १५ लाखदेखि अधिकतम् एक करोड रुपैयाँसम्म सीमा तोकिएको छ भने कर्जा अवधि १० वर्षको हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस