काठमाडाैँ । मकवानपुरको हेटौंडा उपहानगर–११ थानाभर्याङमा आज बिहान पिकअप भ्यानको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ६९४३ नम्बरको भ्यानले ठक्कर दिँदा नामथर वतन नखुलेको अन्दाजी ३५-४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
तपाईंको प्रतिकृया




