एनआइसी एशिया बैंकले एक सर्वश्रेष्ठ बचत खाता धनीलाई दियो १० लाख बीमा रकम

काठमाडाैं । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत एक खाता धनीलाई १० लाख रूपैयाँ बीमा बापत रकम भुक्तानी गरेको छ। बैंकले अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत १० लाख रूपैयाँ दिएको हो।

उनले बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो।

बैंकको बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत तीन करोड रूपैयाँ, दुर्घटना बीमा वापत रू एक करोड ३० लाख र मेडिकल बीमा वापत तीन करोड ६७ लाख गरी कुल सात करोड ९८ लाख रूपैयाँभन्दा बढी बीमा रकम पाइसकेका छन्।

यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चार जनालाई पाँच वर्षका लागि ८४ लाख रूपैयाँसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ।

यो योजनामा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मका तीन बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) जस्ता सुविधा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस