काठमाडौं । Drone व्यवसायको ७० प्रतिशत बजार हिस्सा ओगटेको DJI विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI विश्वप्रख्यात छ । विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको DJI , कम उचाई एरियल तस्बिरका लागि पहुचयोग्य छ ।
अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रबिधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ ।
आई एम एस गु्प्रले नेपालमा हाललाई तल उल्लेखित DJI का मोडलहरु उपलब्ध गराउनेछः
- Mavic 2 Zoom
- Spark Controller Combo White
- Mavic Air Black
- Mavic Air White
- Tello Global
- Phantom 4 Pro V2.0
- Spark Fly More Combo Red
- Tello Boost Combo
- Osmo Mobile 2
Osmo Mobile 2 Part 1 Base
माथि उल्लेखित मोडलहरु संगै DJI का अरु नया मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुनेछन । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।
आई एम एस गु्प्रका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र DJI Drone नेपाली बजारमा भित्रयाउन पाएकोमा हामी एकदमै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको बिकासोन्मुख डिजिटल जमानामा Drone व्यवसाय प्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्ष भनेको ग्राहक को सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो” भन्नुभयो ।
आई एम एस गु्रप को बारेमा
आई एम एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । याे गु्प्र Samsung मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई एम एस सन् १९९८ मा पहिलो पटक नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्प्र हो । यस गु्प्र स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुस्टि यस गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट बुझिने कम्पनीले जानकारी दिएकाे छ ।





