बंगबन्धु गोल्डकप : नेपाल-ताजकिस्तान भिड्दै

काठमाडाै‌ं । बंगबन्धु गोल्डकप मंगलबारबाट बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा हुने उद्घाटन खेलमा  साविक विजेता नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।  सन् २०१६ मा भएको प्रतियोगिताको चौथो संस्करणमा नेपालले बहराइनको यू-२३ टोलीलाई हराएर उपाधि जितेको थियो । ताजिकिस्तानविरुद्धको खेलअघि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम समयमा सहभागिता निश्चित भएपछि छोटो तयारीका बावजूद सहभागिता जनाएको बताए ।

फिफा वरीयातामा नेपालभन्दा ४० स्थान माथि रहेको ताजिकिस्तान निकै बलियो टिम मानिएको छ । गत वर्षमात्रै ताजकिस्तानसँग दुई खेलमा हार व्यहोरेको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले ताजिकिस्तानसँग घरेलु मैदानमा २-१ गोलको पराजय व्यहोरेको थियो भने ताजिकिस्तानको मैदानमा ३-० ले पराजित भएको थियो । त्यस्तै नेपालले अर्को खेल प्यालेस्टाइनसँग असोज २० गते खेल्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds