नेता नेपालको विदेश मोह, चार महिनामा छ पटक विदेश

काठमाडौं । सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन् । संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो  । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक विदेश पुगिसके।

त्यसमध्ये डेढ महिना देशबाहिरै बितेको छ नेकपाले प्रदेश नेतृत्व टुंग्याउँदा पनि नेपाल विदेशमै थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको ‘विदेश मोह बढेको’ भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ । नेकपाका एक नेताले भने, ‘संकटको घडीमा विदेश किन जाने? महिनामा कति दिन विदेश बस्ने? भ्रमणका उपलब्धि के हुने? त्यसबाट मुलुक र पार्टीले के कति इज्जत-प्रतिष्ठा कमायो? यसबारेमा अब उहाँ (नेपाल)ले सोच्नुपर्छ ।’

नेपाल आइतबार मात्रै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका छन् । जेठ ३ मा पार्टी एकता घोषणा भएयता उनको यो छैटौं विदेश भ्रमण भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ । तीन महिनाको बीचमै चीन भ्रमण दोस्रोपटक हो । नेपालले चीनबाहेक चारमहिनामा अमेरिका, ब्राजिल, घाना र कम्बोडियाको भ्रमण गरिसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमालेका मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् । …

प्रतिकृया दिनुहॊस