भूकम्पपछि १० हजार बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

एजेन्सी । दक्षिणी टर्कीमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन् । टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।

मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गर्नु भएको अर्ध–आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ । यी दाबीहरू पूर्णतया असत्य छन् । सीमा रेखाबाट कुनै अप्रत्यासित आगमन भएको छैन ।

‘हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं तर त्यस्तो भएको होइन रहेछ’, मन्त्रीले भने । सन् २०११ मा गृहयुद्ध सुरु भएपछि आफ्नो देशबाट भागेका झन्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्कीमा रहेका छन्। झन्डै आधा शरणार्थीहरू दक्षिणी टर्कीमा शरण लिएका छन् । हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ ।

फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछिटर्की र सिरियामा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस