एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बिगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस