स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र फागुन ८ गतेसम्म विक्रीमा रहने

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ।

बैंकले गत माघ २६ गतेबाट ‘१०.३०५ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन १ गते हुने भनिएको थियो । तर, मागबमोजिम आवेदन नपरेको अब यो ऋणपत्रमा फागुन ८ गतेसम्म आवेदन दिन सकिन व्यवस्था गरिएको धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख इकाइ बिक्री गर्नेछ। कुल इकाइमध्ये बैंकले १४ लाख ४० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ९ लाख ६० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ । सर्वसाधारणका लागि जारी गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४८ हजार इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी ९ लाख १२ हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् । यसका लागि सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिनेछ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ता वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस