काठमाडौँ । भारतीय विदेश सचिव प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिई फर्किएका छन् । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि भारत भ्रमणको निम्तो नदिएर फर्किएका हुन् ।
दुई दिने औपचारिक भ्रमणमा आएका विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिएपनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए । क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आकलन थियो । तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे ।
भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ । त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए ।
नजिकको छिमेकी मुलुक र त्यसमा पनि खुला सीमा रहेको भारतसँगको सम्बन्ध सुधार हुन नसके राजनीतिक अप्ठ्यारो पर्नसक्ने भएका कारण पनि हरेक सरकार गठन ओएलगतै भारतले पहिलो भ्रमणको निमन्त्रणा दिने गरेको छ । तर यसपटक भने विदेश सचिव क्वात्रा भ्रमणको निम्तो नदिई फर्किएका छन् ।
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हुनसक्ने कतिपयको आकलन छ । भोलिको राजनीतिक परिदृश्य मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत गरेको हो ।
प्रतिकृया दिनुहॊस