मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ । दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्नको लागि राष्ट्र बैंकले बिहान अहिले सञ्चालक समितिको बैठक बोलाएको छ ।

अर्धवार्षिक समीक्षामार्फत् राष्ट्र बैंकले विभिन्न नीतिगत विषयमा संशोधन गर्ने जनाइएको छ । बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, ऋणको माग नआएको, खराब कर्जा बढेको, लघुवित्तको समस्या बढ्दै गएकोलगायतका विषयमा राष्ट्र बैंकले विभिन्न नीतिहरु संशोधन गर्ने अनुमान छ ।

यस्तै, घरजग्गा कारोबार, शेयरबजार, विलासी वस्तुको आयातलगायतका विषयमा पनि अर्धवार्षिक समीक्षाले विभिन्न नीति संशोधन गर्नेछ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि निजी क्षेत्रका छाता सङ्गठनले विभिन्न सुझाव दिइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस