सन्दीपलाई समेट्दै नेपाली टोलीको घोषणा

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्व लिग २ त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको छ ।

क्यानले बिहीबार नेपाली टोलीको अन्तिम १४ सदस्यीय खेलाडीको नाम घोषणा गर्दा सन्दीपलाई पनि समेटेको छ । क्यानले बिहीबारै त्रिकोणात्मक शृंखलामा घोषित नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई पठाएको छ ।

बलात्कार अभियोग लागेका सन्दीप २० लाख धरौटीमा रिहा भएका हुन् । गत साता सन्दीपलाई क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणमा राखेको थियो ।

नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोली घोषणा गरेको हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस