टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

काठमाडौँ ।  दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त स्थान सिरियासँगको सीमानजिकै छ । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ । भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् । टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ ।

टर्की केन्द्रविन्दु रहेको भूकम्पको धक्का लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि महसुस गरिएको छ ।  गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताएका टन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after