यातायात मजदुरद्वारा आन्दोलनको चेतावनी

काठमाडौं । यातायात मजदुरले विभिन्न १० बुँदे मागसहित आन्दोलनको चेतावनी दिएका छन् । बिहीबार यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेसँग भेटी आफ्ना माग पूरा नभए फागुन ३ गतेदेखि यातायात ठप्प पार्नेसहितका कडा आन्दोलनको चेतावनी दिएका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले यातायात व्यवस्थापन क्षेत्र सञ्चालन सहज पार्न र आवश्यक सुधार गर्न महानिर्देशक पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले समयमै समस्या समाधान नभए यातायात सेवा बन्दको विकल्प नरहने बताउनुभयो । ऐनविपरीत करिब पाँच सय लाइसेन्स निलम्बन गरिएकाले चालकहरू रोजगारीविहीन भएको, ट्राफिक व्यवस्थापन नहुँदा सार्वजनिक सवारीसाधनले समस्या भोगिरहनुपरेको उहाँको भनाइ थियो ।

संघले हाल सडकमा ट्राफिक प्रहरीको मनोमानी चलेको, यातायात व्यवस्थापन अस्तव्यस्त रहेको, सवारीसाधनको आयु तोकेर २० वर्ष पुगेका सवारीसाधन हटाउने निर्णय उपयुक्त नरहेको, सडक सुरक्षा परिषद् र यातायात क्षेत्र सुधारका लागि आयोगको आवश्यकता भएकोलगायतका १० बुँदे माग अघि सारेको छ ।

संघले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत ज्ञापनपत्र बुझाएको छ भने अर्थमन्त्री विष्णु पौडेलको पनि ध्यानाकर्षण गराएको छ । विभागका महानिर्देशक पाण्डेले जायज माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस-एमाले मिलेको …

प्रतिकृया दिनुहॊस