नेपाल बैंकद्वारा बाढी पहिरोमा ज्यान गुमाउनेका आफन्तलाई राहत

काठमाडाैँ । नेपाल बैंक लिमिटेड शाखा कार्यालय जुम्लाले ११ जना बाढी पहिरोमा परी ज्यान गुमाउनेको आफन्तलाई राहत प्रदान गरेको छ । गएको असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत प्रदान गरिएको बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले जानकारी दिनुभयो ।

११ जना मृतकका परिवारलाई १० हजारका दरले राहत वितरण गरिएको बैंकले जनाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एकै परिवारका ५ जनासहित ७ जनाले ज्यान गुमाएका थिए । त्यस्तै हिमा गाउँपालिकामा २ र गुठीचौर गाउँपालिकामा पनि मानवीय क्षति भएको थियो ।

बैंकले आपतमा परेको बेला राहत दिदै आफुहरुलाई मानवीय सेवा गरेकोमा श्रीमान् गुमाएकी सम्झना शाहीले बैंकलाई धन्यवाद दिनुभयाे । बै‌कले आफुहरुलाई राहत दिएर कहिल्यै बिर्सेन नसकिने काम गरेको बताउनुभयो ।

बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गतको बजेटबाट बाढी पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत वितरण गरेको नेपाल बैंक शाखा जुम्लाका प्रबन्धक भण्डारीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस