रञ्जिता चौधरीको प्रश्न- निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ?

काठमाडौं । सांसद रञ्जिता श्रेष्ठ चौधरीले निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ? भन्दै सरकारसँग प्रश्न गरेकी छन् । सांसद् चौधरीले प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले थुनेको आरोप लगाइन् ।

चौधरीले भनिन्, ‘निर्दोषलाई फसाइएको छ । निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो । तर, अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन ।’ ‘जनमतको कदर गरौं, २०७४ मा चुनावमा हुँदा माननीय रेशम चौधरीज्यूले ३४ हजार ३४१ मत पाउनु भएको थियो र अहिले मैले पनि त्यहीँ मत २०७९ को चुनावमा ३० हजार ४०४ मत पाएकी छु,’ उनले भनिन् ।

यस्तै उनले सडकबाट उठाइएको आवाजलाई सुनिएनन् र अब सदनमा गएर बोल्नुस् भन्दै यो जनमत पाएको उनको भनाइ छ । उनले भनिन्, ‘सभामुख महोदय, फैसलाको हथौडा ठोकेर फेरि पनि भनिदिनुस्, निर्दोष थारुहरुका लागि निर्दोष हो भनेर बनाइएको लाल आयोग कहाँ छ, एक पटक पक्कै पनि खोजिदिनुहोस् भनेर भन्न चाहन्छु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले …

प्रतिकृया दिनुहॊस