मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस