भारतले भुटानलाई २४ अर्ब दिने, नेपाललाई घटाएर ५ अर्ब

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् ।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएको थियो ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयोग गर्ने उल्लेख गरेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सान्भी अटो लिङ्कद्वारा नयाँ बानेश्वरमा टिभिएसको नयाँ शोरुम उद्घाटन

काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ …

प्रतिकृया दिनुहॊस