झारखण्डको अपार्टमेन्टमा आगलागी, १४ जनाको मृत्यु

काठमाडौँ । भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु भएको छ । झारखण्डको धनवाद जिल्लामा रहेको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको हो ।

१० महिला, तीन बच्चा र एक जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन ।

सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो । ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको हुनसक्ने अनुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस