रिहा होलान् त रेशम चौधरी ?

काठमाडौं । टिकापुर घटनाको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। यसअघि ८ पटकसम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुनेछ।

प्रदेश सिमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

उक्त घटनामा रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। करिब त्यसको २ वर्ष पनि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

फागुन १२ गते रेशम पक्षमा कानुन व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री