धनुषामा हिरासतको पर्खाल तोडेर ६ जना थुनुवा भागे

काठमाडाैँ । धनुषामा प्रहरीको हिरासतको पर्खाल तोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन् ।

विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरू थुनुवा घरको पर्खाल तोडेर फरार भएको मधेश प्रदेश प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार धुनुवाको खोजी कार्य भइरहेको छ ।

लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ का बिनोदकुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका–२ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन् ।

त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका–२ हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका–६ रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after