सुर्खेतका ५ जनामा दादुरा संक्रमण पुष्टि

काठमाडाैं । सुर्खेतमा ५ जना दादुराका बिरामी भेटिएका छन् । सुर्खेतका तिन वटा पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले वीरेन्द्रनगरमा तिन गुर्भाकोट र चिङगाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुराको संक्रमण तीव्र भइहरेको बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपनाउन उनले सुझाव पनि दिए ।

दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाई छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाउँमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको जनाइएको छ । नेपालले सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो । तर अहिले पनि दादुराका बिरामी भेटिन थालेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री