युवाहरूको प्रश्न- देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?

काठमाडौं । काठमाडौंको बानेश्वरमा मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सरकारका कारण आचार्यले आत्मदाह गर्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, देशमै केही गर्छु भन्नु अपराध हो सरकार, यो आत्महत्या होइन, हत्या होलगायत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै शरीरमा पेट्रोल छर्किएर बानेश्वरस्थित संसद् भवनअघि आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस