काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक काठमाडौंमा सोमवारदेखि सुरु हुँदैछ। ‘राप्रपा नेपाललाई फेरि उठाउँछौँ’ भन्ने संकल्पका साथ समितिको बैठक काठमाडौंमा आज र भोलि बस्दैछ ।
निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा बैठक केन्द्रित हुनेछ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक कार्यपत्र, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ, संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
तपाईंको प्रतिकृया




