धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेरमा बस्नेगरी बोलाइएको छ ।

समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् । आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।

आजको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री