काठमाडाैं । २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् । आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ ।
सचिवालयले कर्मचारीलार्य गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो । उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५/७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो ।
कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए । तर, उनीहरुले स्वैच्छिक राजीनामा दिँदा आउने सुविधासमेत रोकिएला भनेर राजीनामाको खास कारण बताउन नसकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रतिकृया दिनुहॊस