कांग्रेसबाट मुक्ताकुमारी यादव उपसभामुखको उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको संसदीय दलको कार्यसमिति बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो ।

यता, सत्तारुढ गठबन्धनबाट उपसभामुखमा रास्वपाकी इन्दिरा राना उपसभामुखको उम्मेदवार छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप