उपसभामुखमा रास्वपाकी इन्दिरा रानाको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरको उम्मेदवारी दर्ता भएको छ । रास्वपाको बिहान बसेको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार प्रतिनिधि सभामा शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरिएको हो ।

सत्ता साझेदार दलको तर्फबाट रानामगर उपसभामुखको उम्मेदवार भएपछि नेपाली कांग्रेसले मुक्ता यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारको नामावली पनि शुक्रबार साँझ प्रकाशित गरिने छ ।

मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री