वाणिज्य बैंक र घोराही उपमहानगरबीच सहकार्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नगरप्रमुख नरुलाल चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहनेलाई परामर्श र उद्यमशीलतासम्बन्धी तालिम व्यवस्थापन गर्ने गरी तालिमप्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । सोहीे उद्यमीलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री