काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् ।
एमालेले सबैभन्दा बढी ८ पाउँदा माओवादीले ३ वटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले ३/३ मन्त्रालय तथा जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पाएका छन् । जसपालाई २ मन्त्रालय दिने सहमति भएपनि उसले अस्वीकार गरेका छ । जसपा तत्काल सरकारमा जाने छैन ।
यस्तो छ प्रचण्ड नेतृत्वको प्रस्तावित मन्त्रिपरिषद्
प्रधानमन्त्री: पुष्पकमल दाहाल
उपप्रधानमन्त्री :-
विष्णु प्रसाद पौडेल, अर्थ
नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार
रवि लामिछाने, गृह
राजेन्द्र लिङदेन, ऊर्जा
मन्त्रीहरू
एमालेबाट
पदम गिरी, स्वास्थ्य
डा. विमला राई पौडेल, परराष्ट्र
हरि उप्रेती, रक्षा
ज्वाला कुमारी साह, कृषि
भगवती चौधरी, महिला बालबालिका
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई, भूमि व्यवस्था तथा सहकारी
माओवादीबाट
रेखा शर्मा, सञ्चार
सुदन किराँती, पर्यटन
अमनलाल मोदी, सामान्य प्रशासन
रास्वपाबाट
शिशिर खनाल, शिक्षा
डिपी अर्याल, श्रम तथा रोजगार
राप्रपाबाट
विक्रम पाण्डे, सहरी विकास
ध्रुव प्रधान, कानून
जनमतबाट
अब्दुल खान
राज्यमन्त्री
डा. तोसिमा कार्की, स्वास्थ्य
दीपकबहादुर सिंह, ऊर्जा



