भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लामा बस र ट्रक ठोक्किदा १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सिन्नर–शिरडी राजमार्गको पठारे गाउँ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा कयौं घाइते भएको बीबीसीले जनाएको छ ।

अम्बरनाथबाट शिरडी जाँदै गरेको बसमा करिब ५० जना सवार थिए । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु हुनेमा ७ महिला,दुई बालक र एक पुरुष छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस