बागमतीको सभामुखमा कांग्रेस पनि अघि बढ्यो

काठमाडाैँ । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् । धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हाे ।

सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार छन् । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ ।

प्रदेश सभा सचिवालयले आजै दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने छ । भोलि २९ पुस शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका रहेको छ । जसअनुसार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ सभामुखको निर्वाचन हुने छ ।

नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरूले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्रावधान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

काठमाडौं । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ …

प्रतिकृया दिनुहॊस