नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौँ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न प्रस्ताव गरेका छन् । राप्रपा नेपालद्वारा पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको बताए । नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएकोले सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने थापाको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री