विश्वकप जितेर क्लब फर्किएका मेस्सीले गरे गोल, पीएसजी विजयी

काडमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा विजयी हासिल गरेको छ। आज बिहान सकिएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले पराजित गरेको हो ।

फिफा विश्वकप २०२२ जितेपछि पहिलो पटक अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले गोल गरेका छन्। पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरेका हुन्।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले ह्युगो एकिटेकको गोलमा पाँचौँ मिनेटमै अग्रता बनाएको थियो। त्यस्तै ७२ औं मिनेटमा मेस्सीले गोल थप्दै पीएसजीलाई २-० गोलको जित दिलाउन सफल भए।

जितसँगै १८ खेलबाट ४७ अंक अंक जोडेको पीएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस