अफगानिस्तानसँग बराबरीमा राेकियाे भारत

काठमाडाैं । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी खेलेका छन् । दुबईमा जारी प्रतियोगिताअन्तर्गत सुपर चारको खेलमा हिजो भारत र अफगानिस्तानले बराबरी खेलेका हुन् ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५२ रन जोडेको थियो । उसका लागि मोहमद शेहजादले १२४ रनको शतकीय पारी खेल्दा मोहमद नाबीले ६४ रनको योगदान दिए । जवाफमा २५३ रनको लक्ष्य पछ्याएको भारतले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपूर्व २५२ रनमात्रै बनाउन सक्यो ।

मध्यम चुनौतीमा भारतलाई रोक्न अफगानिस्तानका रासिद खानले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेका थिए । भारतलाई जितका लागि अन्तिम दुई बलमा एक रन चाहिएको अवस्थामा रासिदले रविन्द्र जडेजालाई आउट गर्दै खेल बराबरी गरे । रासिदले २ विकेट लिँदा नाबी र अफ्ताब आलमले पनि २–२ विकेट हात पारे ।

बराबरीपछि अफगानिस्तानले एसिया कपको सुपर फोर चरणमा पहिलो अंक हात पारेको छ । सुपर फोरका सबै ३ खेल खेलिसक्दा ५ अंक जोडेको भारत फाइनलमा प्रवेश गरिसकेको छ । २–२ अंक जोडेको पाकिस्तान र बंगलादेशबीचको विजेताले अब फाइनलमा ठाउँ बनाउनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्पेन र फ्रान्स युरोपकको सेमिफाइनलमा

काठमाडौं । आयोजक जर्मनी युरोकप २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा …

प्रतिकृया दिनुहॊस