देउवालाई धन्यवाद दिँदै ओलीले भने- तपाइँ पनि सत्ता पक्ष हुनुभयो !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपाली कांग्रेस पनि अव सरकारको समर्थक र सत्तापक्ष बनेको व्याख्या गरे । ‘राप्रपाले पनि सरकारलाई समर्थन गरेको छ,’ ओलीले देउवालाई संकेत गर्दै भने, ‘कांग्रेसले पनि सरकारलाई समर्थन गर्‍यो । अब सरकारमा सामल नभएपछि सहकार्य सुरु गर्‍यो । सत्तापक्ष भयो । ’

माओवादीसँगको गठबन्धनमा सरकार बनाउँदा देउवाले २ वर्षपछि कांग्रेसलाई प्रधानमन्त्री दिने सर्त गरेको स्मरण गर्दै उनले भने- ‘यसै पनि दुई वर्षपछि त प्रधानमन्त्रीमा प्रचण्डलाई तपाईँले मत दिनै पर्ने थियो । उनले कांग्रेसले गरेको समर्थनभित्र सदाशयताबाहेक केही छैन भने स्वागतयोग्य भएको छ । ‘यो समर्थन जाल हो भने माछा नभएको खोलीमा फालेको जाल हुनेछ,’ उनले भने, ‘माछा फेला पर्दैन ।’

उनले नेपालमा नयाँ जनमतका लागि संसद् विघटन गर्ने गरिएको भन्दै नेपाली कांग्रेस र स्वयं शेरबहादुर देउवाले पनि संसद् भंग गरेको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस