सरकारका काम कारबाहीको गुण र दोषका आधारमा धारणा बनाउनेछौँ : देउवा

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको गुण र दोषका आधारमा विरोध र समर्थन गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा भाग लिँदै देउवाले कांग्रेसले विरोधका लागि विरोध मात्रै नगरेर अवस्थाअनुसार समर्थन र विरोध गर्ने बताएका हुन् ।

‘हामी पुष्पकमल दाहालजीको नेतृत्वको सरकारमा सहभागी हुँदैनौँ । र प्रतिपक्ष दलको रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेका छौँ । हामी प्रतिपक्षमा रहन्छौं । तर, प्रतिपक्षी भएर विरोधका लागि विरोध मात्रै होइन, हामी सरकारका काम कारबाहीको गुण र दोषका आधारमा धारणा बनाउनेछौँ,’ कांग्रेस सभापतिसमेत रहेका देउवाले भने ।

उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्था नरहने भन्दै दलहरूबीच सहकार्य र एकताको अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए । ‘हामीले मिश्रित निर्वाचनको अभ्यास गरिरहेका छौँ । यसले नेपालको सबै जातजाति, भूगोल र समुदायको प्रतिनिधित्वको अवस्था बनेको छ । आज यो गौरवमय संसद् नेपालको ऐना बनेको छ । यो निर्वाचन प्रणालीले एउटामात्रै दलको बहुमत हुने अवस्था हुदैन, त्यसैले हामीले गठबन्धन संस्कृतिलाई आमन्त्रण गर्नु, र अभ्यस्त हुनुको विकल्प छैन,’ देउवाले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस