पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिकमा पुर्‍याउनेछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिकमा पु-याउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पु¥याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस