प्रभु बैंक र सेन्चुरी कमर्सियल बैकको एकीकृत कारोबार सुरु

काठमाडाैं । अब सेन्चुरी कमर्सियल बैंकको नाम नेपालको वाणिज्य बैंकको सूचीबाट हटेको छ। प्रभु बैंक र सेन्चुरी कमर्सियल बैकको एकीकृत कारोबार सुरु भएको हो। मर्जरपश्चात बैंकको नाम प्रभु बैंक लिमिटेड भएको छ।

मर्जरपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने भएका छन् भने व्यवस्थापकको जिम्मेवारीमा पनि यसअघि नै सहमति भएको छ। जसअनुसार सीईओमा अशोक शेरचन र डेपुटी सीईओमा मनोज न्यौपाने रहनेछन्।

बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँभन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ रहने भएको छ।

आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा सीईओ अशोक शेरचनले सेयरधनी, कर्मचारी र सेवाग्राहीलाई ध्यानमा राखिने बताए। उनले भने, ‘लाई बढी लाभांश गरि लगानीकर्ताको हितमा काम हुने छ। कर्मचारीको संख्या ३ हजार ५ सय पुगेको छ। उनीहरुलाई ध्यान दिइने छर सेवाग्राहीलाई उत्कृष्ट सेवा दिइनेछ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस