पृथ्वी जयन्ती : राप्रपाको जलपान समारोहमा प्रचण्डलाई निम्तो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ ।

नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरू, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलगायतलाई आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । विभिन्न राज्यमा टुक्रिएर रहेको नेपाललाई एकताको सूत्रमा बाँधेर राज्यको एकीकरण गर्ने शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेकपा एसको अध्यक्षमा घनश्यामको दाबी, झलनाथको समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिने भएका छन् । सम्मानित नेता …

प्रतिकृया दिनुहॊस