रियलमी १० प्रो प्लस ५ जी

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँँ मोडल थपेको छ । ३० हजारभन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवापछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनका रूपमा रियलमी १० प्रो प्लस ५ जी नेपाली बजारमा ल्याएको छ ।

न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमबीच रियलमी १० प्रो प्लस ५ जीको बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘रियलमी १० प्रो सिरिजको नयाँ सदस्यका रूपमा रियलमी १० प्रो प्लस ५ जी नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो प्लस ५ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो, जसमा फ्ल्यागशिप लेभलको कभ्र्ड भिजन डिस्प्ले रहेको छ ।’

७.७८ मिमीको स्लिम प्रोफाइल भएको रियलमी १० प्रो प्लस ५ जीको तौल एक सय ७३ ग्राम रहेको छ । पछाडि तीन क्यामेरामध्ये मेन सेन्सरमा ५० एमपीबाट १०८ एमपीको अपग्रेड दिइएको छ भने आठ एमपीको अल्ट्रा वाइड र २ एमपीको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन् । आठ जिबी प्लस १२८ जिबीको मूल्य ४५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस