मर्ज पछि अध्यक्ष बनेका ग्लोबल आईमएईका चन्द्र ढकालले लिए शपथ

काठमाडाैँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएपछि अध्यक्ष भएका चन्द्र ढकालले शपथ ग्रहण गरेका छन् । मर्ज पछि ग्लोबल आईएमई बैंकका सञ्चालक समिति अध्यक्ष चयन भएका ढकालले गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बैंकले आजदेखि एकीकृत कारोबार समेत सुरु गरेको छ । दुई बैंकको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ बिस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आर्इएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक भएको छ ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४अर्ब८ करोड रुपैयाँ, कुल कर्जा ३अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसावले नेपालको सबै भन्दा ठूलो बैंक बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस