राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा रेशम चौधरीलाई थारु भएकै कारण मुद्दा लगाइएको आरोप लगाएकी छन् । उनले यो घटना बन्द कोठामा घटाइएको घटना नभएको समेत बताइन् ।

निर्वाचन पछिको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएकी हुन् । चौधरीले भनिन्, ‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन । माननीय रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो । यो राज्यले थारु भएकै कारण रेशम चौधरीलाई मुद्दा लगायो । हाम्रो देशको कानुन त खाली थारुहरुलाई मात्रै लाग्दो रहेछ । ’

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरिन्। टिकापुरका राजबन्दी परिवारले न्याय नपाएसम्म संसद्मा लडिरहने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री