नयाँ दलकाे प्रतिनिधित्व नै यो संसदको पूँजी हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलबाट संसदमा प्रतिनिधित्व नै संसदको पूँजी भएको बताएका छन् । उनले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको पनि बताए ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताए ।

उनले भने, ‘फरक पृष्ठभूमिबाट संसदमा प्रतिनिधित्व नै यो संसदको पूँजी हो । नयाँ दल र सांसद तपाइँहरूको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो। तपाइँहरूमा केही गर्ने हुटहुटी छ। त्यो हाम्रो पूँजी हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री